२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या



अ+ अ-

काठमाडौँ । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा एक सय ७९ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये १५ जनालाई दृष्टिदोषको समस्या देखिएको थियो । समस्या देखिएकाहरूलाई औषधि, नजिकको चश्मा र कालो चश्मासमेत निःशुल्क वितरण गरिएको थियो । उहाँले भन्नुभयो, “ एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्छ । चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्दछ ।”

सो आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीले आँखा जाँच शिविरमा सेवा पुर्याएका थिए । नेपाल नेत्रज्योति सङ्घले आफ्नो स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४५ जिल्ला शाखा सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाएको छ । रासस