५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताउनुभएको छ ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । उहाँले नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसलाई पनि राम्रोसँग व्यवस्थित गर्न नसकिएको बताउनु भयो । विमानस्थलमा निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसलाई व्यवस्थित बनाउने सन्दर्भमा हामीले प्रतिनिधि सभाको बैठकमा पनि पटक पटक आवाज उठाइरहेका छौँ । तर विमानस्थल थप व्यवस्थित हुन सकिरहेको अनुभुति भएको छैन । यहाँ निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने, जहाँज आउँछ, त्यसपछि इमिग्रेसनमा पनि चुस्त किसिमको सुविधा छैन । लगेज डेढ घण्टासम्म कुनुपर्ने स्थिति छ ।’

सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिकहरु नेपालमा आउनबाट भागिरहेको बताउनु भयो । विमानस्थलमा सुविधाहरु यात्रुलाई दिन नसकिएको बताउनु भयो । त्यसले देशकै बेइज्जत भइरहेको उहाँको भनाइ छ ।