१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरु देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताउनुभएको छ ।

विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताउनुभएको हो ।

उहाँले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताउनु भयो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरु ओहोरदोहोर गराइसकेको बताउनु भयो । छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ । एउटा हाम्रो स्पेसको सीमाको कारण हो । सिमितताको कारण एउटा हो । हामीले आफूले ध्यान दिनुपर्ने कुरा यो हो । यसले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ हाम्रो एयरपोर्ट टिआइएले । तर यस पटक ९५ लाख यात्रुहरु ओहोरदोहोर गरेका छन् । यसले पनि खचाखच हुने अवस्था छ । दोब्बर भन्दा बढी त्यसले धान्नुपरिरहेको अवस्था छ । त्यसका बाबजुत पनि छरितो र प्रभावकारी बनाउने कुरामा हामी सल्लाह गरेरै तद्तद् ठाउँबाट गर्नुपर्ने काममा हामी पहलकदमी गर्नेछौँ ।’

मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दुतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिनुभयो । चिनियाँ दुतावाससँग यसबारेमा सरकारले ध्यानाकर्षण गराएको बताउनु भयो ।