४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा अलपत्र नेपालीलाई हिमालय एयरलाइन्सले आजदेखि उद्धार गर्दै



अ+ अ-

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । 

हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । 

नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ । 

विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो । उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ ।