१० श्रावण २०८३, आईतवार
,
Latest
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै इजरायलविरुद्ध अभियान चलाउने पाँच कम्युनिस्ट घटकको निर्णय



अ+ अ-

काठमाडौं । पाँच वटा कम्युनिस्ट पार्टीहरुले इजरायलले मध्यपूर्वमा हस्तक्षेप गरेको भन्दै त्यसकाविरुद्ध अभियान चलाउने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रसहितका पाँच कम्युनिस्ट दलले साझा कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूका शीर्ष नेता सहभागी थिए । बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको बताइएको छ ।

इजरायलको विरूद्ध माओवादीसहितका कम्युनिस्ट दलहरू एकजुट भएर लागेका हुन् । उनीहरुले मध्यपूर्वमा इजरायलले गरेको दमनबारे अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेता सहभागी थिए ।