२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटका बेला सरकार भ्रष्टाचारमा लिप्त हुनु विडम्बना : प्रवक्ता शर्मा



फाइल फोटो
अ+ अ-

भद्रपुर । नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संकटका बेला देश र जनताको सेवक बन्नु पर्ने सरकारका जिम्मेवार मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा लागेकाले काँग्रेसले राष्ट्रव्यापी विरोधमा उत्रनु परेको बताएका छन् ।

संकटको सामना गर्न सरकारलाई काँग्रेसले शालीनता पूर्वक गरेको सहयोगलाई दुरूपयोग गर्दै सरकारी निकाय भ्रष्टाचार र लुटतन्त्र मच्चाउन व्यस्त भएपछि काँग्रेस देशव्यापी विरोधमा ओर्लनु परेको भन्दै प्रवक्ता शर्माले सपना बाँडेर रोग र भोकबाट बाँच नसकिने बताएका हुन् । संकटमा परेका बेला जनतामारा भ्रष्टाचारजन्य गतिविधिमा लाग्नु बिडम्बना भएको भन्दै प्रवक्ता शर्माले यस्ता दुस्साहस रोक्न सरकारलाई चेतावनी समेत दिए ।

झापा सदरमुकाम चन्द्रगढीमा पार्टीको कामको शिलशीलामा आइपुगेका शर्माले सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै भ्यू टावर निर्माण गर्न करोडौं पठाउने प्रधानमन्त्रीले गृह जिल्लामा बढ्दो कोरोना नियन्त्रणका लागि एक पैसा पनि नपठाउनु विडम्बना भएको प्रष्ट पारेका छन् ।

शर्माले राष्ट्रियता सम्द्र्धन र नेपालीको समृद्धिका लागि काँग्रेसले सरकारलाई अग्रमोर्चामा रहेर सहयोग गरेको स्मरण गर्दै सडकमा नेपाली युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्कनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति बाधक भएको प्रष्टिएको जनाए । उनले समृद्ध नेपाल सुखी नेपाली निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको बिरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा काँग्रेस अडिग भएर रहने उल्लेख गरेका छन् ।