२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड



अ+ अ-

ललितपुर। आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार महासङ्घद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया एवं तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले यस्तो जोड दिनुभएको हो ।

कार्यक्रममा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा पर्ने गरी विकास गरिनुपर्ने बताउनुभयो ।  “एलोपेथिक उपचार पद्धतिभन्दा आयुर्वेद सस्तो, प्रभावकारी र लाभदायक छ, तर यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन र पर्याप्त बजेट व्यवस्थापन गर्न सकिएको छैन । सञ्चारमाध्यमले यसको प्रभावकारिताका लागि व्यवहारिक अभ्याससहित पक्षपोषण र सचेतनाका लागि जोड दिनुपर्छ”,  उहाँले भन्नुभयो ।

आयुर्वेदिक डा महेश्वर भट्टले स्वास्थ्य समाजका लागि मानिसको मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुने भन्दै मानसिक रूपमा स्वास्थ्य रहने व्यक्तिको सोचाइ सधैँ सकारात्मक हुने धारणा राख्नुभयो । उहाँले तनावका कारण हुने समस्या, तनाव व्यवस्थापन गर्ने विधि र उपायबारे जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता शाहले आयुर्वेदिक चिकित्सा उपचार पद्धतिले नेपालीलाई सबल, सक्षम र निरोगी बनाउन सकिने भन्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जीव शुभचिन्तक, कार्यसमिति सदस्य उमा शर्मालगायतले पत्रकारहरूको काम गर्ने समयको असीमितता र अनिश्चितताका कारण तनाव अत्यधिक हुने भन्दै यस्ता कार्यक्रमले त्यसको व्यवस्थापनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सालय काठमाडौँले चालु आर्थिक वर्षमा २३ हजार ८२३ जनालाई पञ्चकर्म, शल्यक्रिया, योग, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, अकुपन्चर, फिजियोथेरापीलगायत सेवा प्रदान गरेको डा चन्द्रवली शाहले जानकारी दिनुभयो ।

चिकित्सालयको आफ्नै जग्गा तथा भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ आवश्यक जनशक्ति दरबन्दीको अभावमा कार्य सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ थियो ।  रासस