१२ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’



अ+ अ-

उदयपुर। कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा लोकतन्त्रको बदनाम भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला अधिशेन उद्घाटन कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गनुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दुःखद् भएको धारणा राख्नुभयो ।

“यो लोकतन्त्रको सबैभन्दा दुःखद् पक्ष हो । देशमा कामभन्दा बढी भाषण र आफ्नो स्वार्थ पूर्तिमा मात्र ध्यान दिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बदनाम भइरहेको छ”, सभामुख बिष्टले भन्नुभयो,“देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्याश्यक उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।”

देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटा मात्र विकल्प रहेको उहाँको धारणा थियो । कार्यक्रममा सङ्घका अध्यक्ष चुडामणी कार्की, जिल्लास्थित राजनीतिक दलका नेतालगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस