काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले सफाइ पाएका छन् । प्रहरीको अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा थापा सहित सबै खेलाडीलाई पक्राउ गरेको थियो ।
मंगलबार सर्वोच्च अदालतले विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो ।
उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएपछि उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।
मंगलबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुमाथि लगाइएको मुद्धाको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।
तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।
सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले सत्यको जीत भएको भन्दै साकाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अदालतबाट न्याए पाएको भन्दै अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भनेर प्रश्न गरेका छन् ।