८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता
अ+ अ-

गण्डकी । यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ । जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ ।

जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त हुनुहुन्छ । नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने प्रचलन छ ।

उहाँहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नं ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो । चौतारामा जनै बनाउन व्यस्त देखिने उहाँहरूबाट जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरु पनि आउने गरेका छन् ।

सिक्न र जान्न चाहने जो कोहीलाई आफूले सकेसम्म बुझाएर सिकाएर पठाउने गरेको ८० वर्षीय अधिकारीले बताउनुुभयो । राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने उहाँको भनाइ छ । आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभरिमा चाहिने जनै पु¥याउने उहाँहरूो लक्ष्य छ ।

अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउनका लागि सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगाल्ने गरिन्छ । सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उहाँले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने जानकारी दिनुभयो । यसरी बनेका डोरालाई तीन पटकसम्म पट्याएपछि त्यसमा शिखा पार्ने गरिन्छ । शिखालाई ‘ब्रम्ह ग्रन्थी’ भन्ने गरिन्छ । जनैमा हुने २७ वटा सरालाई अश्विनी, भरणीलगायतका २७ नक्षत्रको प्रतीक मानिने उहाँले जानकारी दिनुभयो ।

जनै लगाइसकेपछि नियमपूर्वक बनाएर संस्कार गरिएका मात्रै लगाउनुपर्ने बताउँदै उहाँले त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको उल्लेख गर्नुभयो ।

“मेरो नौ वर्षको उमेरमा ब्रतबन्ध भएको हो, त्यस यता मैले आफूले बाटेको जनैमात्रै लगाउने गरेको छु”, उहाँले भन्नुभयो, “सुरुमा बुबाबाट सिकेको जनै बनाउने सीप १० वर्षको भएयता आफैँले निरन्तर बनाउने गरेको छु ।” आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यकपर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उहाँको भनाइ छ ।

अधिकारी जस्तै ६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा ब्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताउनुहुन्छ ।

नियमपूर्वक जनै बनाउन समय लाग्ने बताउँदै उहाँले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने अनुुभव सुनाउनुभयो । नियम पु¥याएर बाटिएको जनैको पारिश्रमिक स्वाभाविक रुपमा अन्य बजारमा पाइनेको तुलनामा धेरै मूल्यपर्ने उहाँको भनाइ छ । पछिल्ला पुस्तामा जनै बनाउने सीपको पुस्तान्तरण हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

६७ वर्षीय कृष्णराज अधिकारी आमासँग सानो उमेरमा किला गाडेर जनै बनाएका धेरै अनुभव रहेको सुनाउनुहुन्छ । जनै लगाउनेले बाटेर बनाइएका जनै नै लगाउनुु उपयुक्त हुने उहाँको सुझाव छ । हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्दै यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो ।

संस्कार र संस्कृतिलाई भावी पुुस्तासम्म पुस्तान्तरण गर्दै जानसकेमा हाम्रा सांस्कृतिक रीतिरिवाज र परम्पराको जगेर्ना हुने गुुरुप्रसाद पौडेलको भनाइ छ । नियमपूर्वक बनाएर विधिपूर्वक संस्कार गरिएका जनैको आफैँमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई सीप सिकाउँदै सकेसम्म नियमपूर्वक बाटिएका जनै लगाउन अभिप्रेरित गर्नुपर्ने धारणा राख्नुभयो ।