२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत



अ+ अ-

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आउनुभएको छ ।

इन्द्रबहादुरले यहाँ आपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो । यसअघि उहाँले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आउनुभएको थियो । हावाहुरीका कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उहाँले गोदावरी—५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय सुरु गर्नुभएको हो । पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा रु पाँच लाख तिर्नुपर्छ ।

हाल आँपको सिजन चलिरहेको छ । मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन् । अचेल आँप किन्न बगैँचामै धाउनेहरूको भीड लाग्ने गरेको छ । “हामीले यहाँ फल्ने आपमा कुनै विषादी र औषधि प्रयोग गरेका छैनौँ । विषादीरहित भएकाले पनि बगैँचामै आँप खोज्दै आउने ग्राहकको सङ्ख्या बढ्दो छ”, व्यवसायी इन्द्रबहादुरले भन्नुभयो, “आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन । ग्राहकले बगैँचाबाटै छानीछानी आँप लग्नुहुन्छ ।”

आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याप्पसरोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेका अर्का व्यवसायी मानबहादुर मडैले जानकारी दिनुभयो । यो सिजनमा हालसम्म रु पाँच लाख बराबरको आँप बिक्री गरिसकेको उहाँले बताउनुभयो । “बगैँचामा अझै आधाभन्दा बढी आँप बाँकी नै छ । कोही अलि ढिलो पाक्ने जात पनि छन् । अझै रु १० लाख बराबरको आँप बाँकी होला”, मानबहादुरले भन्नुभयो ।

सिजनमा कामदारको ज्यालालगायत सबै खर्च कटाएर रु आठ लाखसम्म बचत हुने गरेको इन्द्रबहादुरले जानकारी दिनुभयो । हाल दैनिक रु ३५ हजारदेखि ४५ हजारसम्म कारोबार हुने गरेको उहाँको भनाइ छ । यहाँ फुटकर रु ८० र होलसेल रु ६० मा आँप बिक्री हुने गरेको छ । रासस