१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छ’



अ+ अ-

बैतडी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।

यहाँको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उहाँले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ । केही भएको छैन भन्ने भाष्य गलत हो ।”

नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रै वरिपरि थुप्रै सम्भावना छन् । तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ । त्यसमा सरकारले सहयोग गर्छ ।”

खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उहाँले नेपालमै रोजगारीका अवसर रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । दोगडाकेदारका १७ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सञ्चालनमा छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स, मातृशिशु कोष र कोशेली वितरण हुँदै आएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका ३०८ गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ । समारोहमा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । रासस




भर्खरै