२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उहाँले व्यवसाय गर्दै आउनुभएको हो ।

सुरुमा सामुहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु ।”

आर्थिक स्थितिका कारण राहदानी बनाई विदेश जान तयार भएकी उद्यमी मगरले स्थानीयस्तरमा स्वरोजगार बन्ने योजनासँगै वैदेशिक रोजगारको मोह त्याग्नु भएको थियो । अहिले उहाँ आफू स्वरोजगार बन्नुका साथै स्थानीय केही व्यक्तिलाई रोजगार दिनुभएको छ ।

मगरका अनुसार उद्योगबाट मासिक रु एक लाखको कारोबार हुन्छ । कामदारलाई ज्यालादारी र परिवारको खर्च कटाएर मासिक रु २५ हजार बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

चार जनाको परिवारको सबै खर्चसहित छोराछोरीको शिक्षादिक्षा यहीँ व्यवसाययले सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा आर्थिक स्थिति कमजोर थियो, दैनिकी चलाउन समस्या भएपछि विदेश जाने सोचले राहदानी बनाएकी थिएँ । अहिले पनि श्रीमान् वैदेशिक रोजगारी सिलसिलामा साउँदीमा हुनुहुन्छ । यही व्यवसायबाट दैनिकीमा परिवर्तन आएको छ ।”

दुनाटपरी उद्योग सञ्चालनका साथै महिलालाई तालिम पनि दिने गरेको मगरले उल्लेख गर्नुभयो । वडाबाट आएको क्षमता विकास कार्यक्रममार्फत स्थानीय महिलालाई आफूले तालिम दिएको उहाँले बताउनुभयो । धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई दुनाटपरीसम्बन्धी तालिम दिएको महिला उद्यमी मगरले जानकारी दिनुभयो ।

उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको जनाउँदै उहाँले टपरी रु चार र दुना रु एकमा बिक्री हुने बताउनुभयो । आफूले उत्पादन गरेका दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरासम्म पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको मगरको भनाइ छ । “आफूले उत्पादन गरेको दुनाटपरी अन्य व्यवसायीले ‘प्याकिङ’ गरी आफ्नै कम्पनीको लोगो लगाएर मँहगोमा बिक्री गर्दछ्”, उहाँले भन्नुभयो, “प्याकिङ गर्ने उपकरण आफूसँग भएको भए आफ्नै कम्पनीको छाँप लगाएर अझ आम्दानीका साथै रोजगारी बढाउने सकिने थियो ।”

मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमिका रूपमा छनोटमा भई गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मनित भएको बताउनुभयो । उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा प्याकिङ गर्ने उपकरण खरिद गर्नुका साथै व्यवसायलाई विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।