१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमा ५२ नियुक्ति प्रकरणमा फैसला पढेर सुनाइँदै



अ+ अ-

काठमाडौं। २०७७ माघ र २०७८ असारमा दुई चरणमा गरिएको ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले आज (बुधबार) फैसला सुनाउन लागेको छ।

फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई इजलासमै बोलाइएको छ। संवैधानिक इजलासमा बिहान ११ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी छलफलमा जुटेका छन्। छलफलपछि केही समयमा फैसला पढेर सुनाइनेछ।

यी नियुक्तिहरूविरुद्ध १५ वटा रिट दायर भएका थिए, जसको सुनुवाइ गत जेठ १ गते नै सम्पन्न भएको थियो। त्यसपछि जेठ २८ गते निर्णय सुनाउने मिति तय गरिएको थियो। तर, अन्य मुद्दाको चापका कारण फैसला त्यस दिन सुनाउन नसकिएपछि आजको दिन तोकिएको हो।

आजको निर्णयले संवैधानिक परिषद् मार्फत गरिएको नियुक्तिको वैधानिकता पुष्टि या खारेज हुने स्पष्टता दिने अपेक्षा गरिएको छ।