१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक भोटेकोशी नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

ग्रे–लिस्टबाट बाहिरिन सुनको कारोबारमा पारदर्शिता आवश्यक भएकोले विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल

ग्रे–लिस्टबाट बाहिरिन सुनको कारोबारमा पारदर्शिता आवश्यक भएकोले विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शीता गर्न कायम गर्न विलासिता कर लगाइएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रश्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमा हटाइएको स्पष्ट पार्नुभयो । उहाँले उहाँ मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको बजेट ल्याइएको समेत बताउनु भयो । उहाँले बजेट निर्माणका क्रममा ऋण लिने अभ्यास नेपाल मात्र नभई विश्वका धेरैजसो मुलुकहरूमा कायम रहेको उल्लेख गर्दै ऋण सीमा र दिगो व्यवस्थापनमा सरकार गम्भिर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘घाटाको बजेट आएको सन्दर्भ उठेको छ । हामीले बजेट निर्माण गर्दा राजश्व र अन्तरराष्ट्रिय सहयोग एउटा महत्वपूर्ण स्रोत हो । निश्चित सीमासम्म हामी ऋण पनि उठाउने गर्छौं । यो ऋणको आकारलाई घाटा बजेटसँग जोडेर हेर्ने गरिन्छ । हामी राजश्व र अन्तरराष्ट्रिय सहयोगबाट मात्रै बजेट निर्माण गर्न सक्छौं भन्ने बिन्दुमा पुगिसकेका छैनौँ । हामी मात्रै होइन दुनियाका धेरै मुुलुकहरु छैन । विश्वका विकसित मुलुकहरुले समेत बजेट निर्माण गर्दा ऋण उठाउने अभ्यास गरिरहेका छन् । तर हामी के कुरामा होसियार छौं भने ऋणको मात्रा असिमित नहोस्, धान्न सकिने होस् । र त्यसको दिगो व्यवस्थापन हुन सकोस् । र यसरी लिइने ऋणलाई उत्पादत्व वृद्धि गर्ने क्षेत्रमा खर्च गरियोस् भन्ने कुरामा होसियार हुनुपर्छ ।’

मन्त्री पौडेलले लोकतन्त्रको मर्मअनुसार बजेट आएको दाबी गर्दै बजेटले मुलुकको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।