२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा थप र एमआरआई जडान गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा संचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताउनु भयो । उहाँकाअनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसियु कक्ष संचालनमा छन् । उहाँले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसियु सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ट्रमा अस्पतालको प्रोटोकलअनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्छ भन्ने छ । नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भएपनि जम्मा १० बेडमात्र आईसियु सेवा रहेको छ । यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवा समेत नरहेको अवस्था छ । चिकित्सककाअनुसार ट्रमा बिरामीहरुलाई चार घण्टाभित्र उपचार सेवा दिनुपर्ने हुन्छ । तर त्यहाँ आईसियु सेवा नहुँदा विरामीहरुलाई अन्यत्र निजी अस्पतालमा लैजानुपर्ने बाध्यता छ । कतिपय अवस्थामा विरामीको मृत्यु समेत हुने गरेको छ । अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा अस्पतालमा अहिले भएको जनशक्तिले नै प्रोटोकलअनुसारको थप ५० आईसियु दिनसक्ने भएकाले त्यहाँ तत्काल आईसियु सेवा विस्तार गर्न र एमआरआई सेवा समेत तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उहाँले ट्रमा बिरामीहरुले आईसियुको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।