९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशाेधनले औपचारिकता पायाे, राजपत्रमा आजै प्रकाशित



अ+ अ-

काठमाडाैंः सरकारले नेपालकाे नयाँ राजनीतिक नक्सा समेट्ने गरी भएकाे संविधान संशाेधनलाइ औपचारिकता दिएकाे छ । लिम्पियाधुरा, लिपलेक र कालापानी समेत समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकाे थियाे ।

संविधानमा रहेकाे निशान छापमा रहेकाे नक्सालाइ पनि नयाँ स्वीकृत नक्सा बमाेजिम संशाेधन गरिएकाे छ । नेपाल सरकारले आजै संविधान संशाेधनलाइ नेपालकाे राजपत्रमा प्रकाशन गरेकाे छ । सामान्यतया राजपत्रमा प्रकाशन भएपछि त्यसले औपचारिक कानुनी मान्यता प्राप्त गर्दछ ।

नेपालका दुबै सदनले पारित गरेकाे संविधान संशाेधनलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ प्रमाणीकरण गर्नु भएकाे थियाे ।

अब नेपालले भारतसँग वार्ता गरी हाल भारतकाे कब्जामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्नुपर्ने मुख्य चुनाैती छ ।