१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

बैतडीमा एसइई नतिजामा सुधार

बैतडीमा एसइई नतिजामा सुधार
अ अ+ अ-

बैतडी। बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार आएको छ । गत वर्ष जिल्लाभरि १८ ओटा विद्यालयको नतिजा शून्य आएकामा यो वर्ष भने नतिजामा सुधार आएको छ ।

विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडीमा ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष बैतडीबाट एसइईमा सहभागी भएका विद्यार्थीमध्ये ५२ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैबीच एसइईमा सहभागी भएका १२८ सामुदायिक र पाँच वटा संस्थागत विद्यालयमध्ये चार वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो ।

पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी र शिवपूर्ण माविको नतिना शून्य आएको छ । यस्तै दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि नगतडीको नतिजा शून्य आएको छ । सरस्वती संस्कृत माविको नतिजा गत वर्षसमेत शून्य आएको थियो ।

गत चैतमा सञ्चालन भएको एसइईमा चार हजार ३०७ जना परीक्षार्थीमध्ये चार हजार २१८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए । परीक्षामा सहभागी भएकामध्ये दुई हजार २०६ जना उत्तीर्ण भएका छन् भने दुई हजार १२ जना ननग्रेड अर्थात् अनुत्तीर्ण भएका छन् ।  रासस