१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छः कांग्रेस नेता निधि



अ+ अ-

धनुषा। प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज सुनचाँदी व्यवसायीसँगको भेटमा उहाँले सुनलाई विलासिताको विषयका रूपमा मात्रै हेर्न नहुने भन्दै जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

हाल देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्न सरकारले तत्काल कार्यदल गठन गरेर निष्कर्ष पुग्न उचित हुने नेता निधिको भनाइ थियो ।

यसअघि पनि आफूलाई सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय पदाधिकारीले काठमाडौँमै भेटेर कुरा राखेको र यस विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको बताउनुभयो । रासस