१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीकातर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वास्थ्य सेवामा सर्वव्यापी पहूँच पुर्‍याउने लक्ष्य, स्वीकृत आवधिक योजना र प्रगतिलाई कायम गर्न प्रभावकारी कार्यक्रमको निरन्तरता र नविनतम कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपाल सरकारले पक्ष राष्ट्र भई जनाएका दिगो विकास लक्ष्य आदि अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न आवश्यक बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । जस अनुरूप स्वास्थ्य सेवाका सबै अङ्क (स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनःस्थापनात्मक) विशिष्टकृत विधा र उपचार पद्धतिको समूचित विकास तथा विस्तारद्वारा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न गराउने गरी आगामी आवका लागि आवश्यक विनियोजन गरिएको छ ।”

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि जम्मा रु ९५ अर्ब ८१ करोड विनियोजन गरिएकोमा सङ्घ सरकारमा ५५ अर्ब ३९ करोड, प्रदेश सरकार ६ अर्ब ५३ करोड र स्थानीय तह ३४ अर्ब ३२ करोड विनियोजन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीकोतर्फबाट उहाँले जानकारी दिनुभयो ।

सघन जलनको उपचार, मुटु, मिर्गाैला प्रत्यारोपण, क्यान्सरलगायत विशिष्टकृत सेवाहरू सातै प्रदेशका एक एक सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुनेगरी व्यवस्था गरिएकोसमेत उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “जटिल रोगको उपचार र सरकारी अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै सेवा क्षमता अभिवृद्धिका लागि विशेष योजना लागू गरिएको कुरा जानकारी गराउन चाहान्छु ।”

उहाँले ठूला सङ्घीय अस्पतालको क्षमता विस्तार गरी स्वास्थ्य सेवा प्रवाहलाई थप विस्तार गर्न अस्पताल पूर्वाधार निर्माण र औँजार उपकरणका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवालाई तीनै तहका सरकार मिलेर थप व्यवस्थित र प्रभावकारी बनाउन सहकार्यगत प्रणाली विकास गरिनेछ, साथै विशिष्टकृत सेवालाई देशका सबै भूगोल र क्षेत्रका नागरिकको सहज पहुँचमा पुर्‍याउन क्रमशः सेवा विस्तार गरिनेछ ।”

डेङ्गुरोग नियन्त्रणका लागि राष्ट्रिय एकीकृत कार्ययोजना तयार भई लागू भएको जनाउँदै उहाँले औलो प्रभावित स्थानका लागि लक्षित वर्गका लागि झुल वितरण र घरभित्रै विषादी छिड्काउनेसम्बन्धी निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “एकीकृत निगरानी प्रणालीको प्रयोग गर्न डेङ्गु रोगको रोकथामका लागि EWARS/SORMAS मार्फत निगरानी भइरहेको, सङ्घीय, प्रादेशिक, जिल्ला, तथा स्थानीयस्तरमा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको, साउन महिनालाई डेङ्गी सचेतना महिना मनाई विभिन्न सचेतना तथा प्रतिकार्य गतिविधि सञ्चालन भइरहेका छन् ।”

उहाँले त्रिवी शिक्षण अस्पताल र वीर अस्पताललगायतका सबै सरकारी अस्पतालको सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गराउन पेजिङ, अस्पताल नेभिगेशन चार्ट, शल्यक्रियाको पालोको समय घटाउने, अनलाइन टिकट तथा भुक्तानी, एक्से रे फिल्मको व्यवस्था र दुई सिफ्टमा स्वास्थ्य सेवा र अस्पतालमा बिमा सेवाको कडाइका साथ पालना गराइएको पनि जानकारी दिनुभयो ।रासस