१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल



अ+ अ-

काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गर्नुभएको हो ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाउनुभएको थियो ।

यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जानुभएकाले प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेगरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराउनुभयो ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको कार्यक्रममा सहभागी हुन यही असार १० गते त्यसतर्फ जानुभएकाले उहाँको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले बताउनुभयो । कार्यभार तोकिएका अन्य पत्र समेत उहाँले सभामा पढेर सुनाउनुभएको थियो ।