२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा फेरि वृद्धि



अ+ अ-

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको हो । मूल्य वृद्धिसँगै हवाई इन्धनको दर पनि बढाइएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्पष्ट पारेको छ । नयाँ मूल्य आज (सोमबार) राति १२ बजेदेखि लागू हुनेछ ।