१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्छः अध्यक्ष नेपाल

मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्छः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट आदिवासी जनजाति महासङ्घद्वारा केन्द्रीय कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले सबै जाति समुदायको संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले जनताको लामो समयदेखिको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका संविधानप्रदत्त अधिकार संरक्षण गरी आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभयो ।

सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणका निम्ति वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिँदै श्रमजीवी वर्गको अधिकार, जनसहभागिता, सामाजिक न्याय, समान अवसर प्रदान गर्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभयो । देशमा उत्पन्न राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उहाँले कम्युनिष्ट आदर्श तथा मूल्य मान्यतालाई अवलम्बन गर्ने दल तथा वामपन्थी शक्तिसँग आफ्नो पार्टीले सहकार्य तथा एकता गर्ने विषय प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रुपान्तरण हुन नसकेको जिकिर गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उहाँले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरुले देशभर राजनीतिक अभियान सुरु गरेको बताउनुभयो । रासस