५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबीच भेटवार्ता



अ+ अ-

स्पेन, सेभिया । संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा स्पेनको सेभिया शहरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच आज औपचारिक द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

उक्त भेटमा दुई देशबीच आपसी हित, सहयोगका सम्भावना तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयहरूमा विचारविमर्श भएको जनाइएको छ। सम्मेलनको सन्दर्भमा सम्पन्न भेटलाई नेपाल–इजिप्ट सम्बन्ध थप सुदृढ बनाउने अवसरको रूपमा लिइएको छ।