२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

समितिलाई प्रभावकारी बनाउन समिति सभापतिसँग सभामुखको छलफलः गणपूरक संख्यामा समस्या रहेको गुनासो

समितिलाई प्रभावकारी बनाउन समिति सभापतिसँग सभामुखको छलफलः गणपूरक संख्यामा समस्या रहेको गुनासो
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ । बानेश्वरमा सोमवार दिउँसो सभामुख घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र राष्ट्रिय सभाअन्तर्गत रहेका समितिका सभापतिहरुसँग समिचिको काम कारबाहीबारे चासो राख्नुभएको हो ।

छलफलमा समिति सभापतिहरुले आफ्नो समितिसँग सम्बन्धित समस्याका बारेमा उजागर गर्नुभएको पूर्वाधार विकास समितिका सभापति दीपबहादुर सिंहले बताउनु भयो । समितिलाई कसरी अझै प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखज्युले सबै समितिका सभापतिज्युलाई बोलाउनुभएको थियो । कसरी अघि बढ्ने, समितिमा के अफ्ठ्यारो छ । के प्रोसेस भएको छ, कहाँ बाधा भएको छ भन्ने जानकारी लिनुभयो । समिति सभापतिहरुले समितिमा भएका समस्याहरु स्पष्ट रुपमा राख्नुभयो । समितिलाई कसरी अझ एक्टिभ बनाउने भन्ने बारेमा छलफल भयो ।’

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले ‘समितिको काम कारबाही र प्रभावकारीताको बारेमा छलफल भएको बताउनु भयो । उहाँले नीतिगत समस्या, दिइएका निर्देशनको कार्यान्वयनबारे छलफल पनि छलफल भएको जानकारी दिनुभयो । समितिको कामलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताउनु भयो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिर्ष नेताहरु रहेको कारण गणपूरक संख्या नपुग्ने भएकाले बैठक बस्न समस्या रहेको र समितिको सभा हल सानो हुँदा समस्या भइरहेको बारेमा सभामुखलाई जानकारी गराएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिको काम कारबाही, त्यसको प्रभावकारिता र त्यहाँ भएका चुनौति र अवसरलाई कसरी समाधान गर्ने भन्नेबारेमा छलफल भयो । समितिको काम, के समस्या छन्, भन्नेबारेमा छलफल भएको छ । नीतिगत समस्या, दिइएका निर्देशनको कार्यान्वयनबारे छलफल भएको छ । समितिको कामलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ । यो छलफलले समितिका सभापतिहरुले काम गर्न भएका अफ्ठ्यारोहरु राख्नुभएको छ । नीतिगत समस्या समाधान गरेर अघि बढ्ने छलफल भयो । कोरम नपुग्ने समस्या हाम्रो समितिमा छ । ५१ प्रतिशत पुग्न कठिनाइ भइरहेको, सभा हल सानो रहेको बारेमा कुरा राखेको छु ।’

सभापति यादवले विज्ञ उपलब्ध गराइदिनेबारेमा सभामुखसँग कुरा राखेको बताउनु भयो । समस्याहरु सहज रुपमा अघि बढाउनेबारेमा सभामुख घिमिरेले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनु भयो ।