२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षापछि धनगढीसहित सुदूरपश्चिमका तराईका जिल्ला डुबानमा



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ।

यस्तै, कञ्चनपुरको कृष्णपुर, बेलौरीमा पनि डुबानमा परेको छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् भने पहाडी जिल्लामा पनि वर्षा जारी छ।

महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह बढेको छ। जल तथा मौसम विभागले नदी तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।