१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, के–के छन् एजेण्डा ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखिसुरु हुँदै छ । कांग्रेसको केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो । जबकी विधानअनुसार दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्छ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भ्रातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।

यसैगरी १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुने छ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिने छन् ।

बैठकमा सरकारको एक वर्षकोसमेत समीक्षा हुनेछ । त्यसैगरी पार्टीभित्र बढेका अनुशासन उल्लंघनका घटनाबारे पनि छलफल हुने बताइएको छ ।