२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

प्रभु साहले निजामती विद्येयक संसद्को रोष्ट्रमबाटै च्यातेर बैठक बहिष्कार गरे

प्रभु साहले निजामती विद्येयक संसद्को रोष्ट्रमबाटै च्यातेर बैठक बहिष्कार गरे
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ गरिबमारा भएको बताउदै सो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी दिएका छन् ।

उनले सो विधेयक गरिब, निमुखाको पक्षमा नभएको भन्दै प्रतिनिधिसभाको रोष्ट्रमबाटै च्यातेका छन् । र प्रतिनिधिसभाको बैठक समेत बहिष्कार गरेका छन् ।

प्रतिनिधिसभाको आज (आईतबार) बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सो विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । सो विधेयक आजै पारित गर्ने प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा रहेको छ । विधेयकमाथि आफ्नो धारणा राख्दै आजपा अध्यक्ष साहले गरिबमारा विधेयक आफूहरुलाई स्वीकार्य नभएको भन्दै च्यातेर बैठक समेत बहिष्कार गरेका छन् ।

‘सम्मानिय सभामुख महोदय, गरिबमारा विधेयक यदी यो पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेयाम गर्ने गरी आएको यो संघीय निजामती सेवा विधेयक हामीलाई स्वीकार्य छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यदी आज यो पारित भयो भने गरिबका लागि कालो दिन हुन्छ । र यसका मतियारहरुलाई गरिबहरुले कहिल्यै माफि दिने छैन् ।’

सरकारी सेवा गरिबलाई मात्रै किन प्रवेश निषेध गरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘गरिबलाई लोक सेवाबाट किन बञ्चित गरेको ?’ नेपालको संविधानले समान्तालाई मौलिक हक भनेको बताउदै गरिबसंग विभेद गर्नेगरी विधेयक किन ल्याएको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘तपाईहरुले नै बनाएको यो संविधान विधेयक बनाउँदा उल्लंघ गर्दा लाज लाग्यो कि लागेन ? सरकारका सबै निकाय सबैका लागि समान होईन् ? यदी सबैका लागि समान हो भने तल्लोलेबलमा काम गर्ने कर्मचारी के स्थायी हुनैनहुने हो ? स्थायी जागिर गर्नै नहुने हो ? उसको निष्पक्ष छनौट हुनैनहुने हो ?,’ आजपा अध्यक्षले प्रश्न गर्दै भने, ‘दास र मालिकको युग त कुनै जबानामा हामीले अन्त्य गरिसकेका छौं तर फेरी नयाँ पुनरावृती गर्नुभो । ठुलाबडाहरु स्थायी हुनुपर्ने, ६० बर्षसम्म उसको ग्यारेन्टी जिवन बाच्नुपर्ने । तर तल्लोलेबलमा काम गर्नेहरु ६/६ महिनामा तपाईको आर्शिवादले बाच्नुपर्ने ? निकागमा बाच्नुपर्ने, दास्ताको जिवन बाच्नुपर्ने ?’

यस्तो विभेद हुने गरी विधेयक तयार गर्ने र ल्याउँने हसुवा हथौडा बोक्नेलाई किन लाज लागेन भन्दै उनले प्रश्न समेत गरेका छन् । त्यही गरिबको मत लिएर आउँने सांसदहरुले किन यस्तो विधेयक बनाएको र सहमती जनाएको भन्दै उनले विधेयक तयार गर्नमा सहभागि सांसदहरुलाई समेत उनले यस्तो किन बनाएको भन्दै प्रश्न गरेका छन् ।

‘गरिबहरुको भविष्य कत्लेयाम गर्दा तपाईहरुलाई लाज लाग्यो की लागेन ? संविधानले समानताको अधिकार दिएको छ । समान हुनुपर्छ भनेको छ । प्रधानमन्त्रीले सुविधा पाउनुहुन्छ तर त्यो पियूनले सुविधा पाउँने की नपाउँने ? डाइरेक्टरसावहरु सुविधा पाउँनुहुन्छ तर ड्राइभरहरुले सुविधा पाउँनुपर्छ की पर्दैन ? सचिवहरुले बिभिन्न सेवा पाउँनुहुन्छ तर त्यही काम गर्ने स्वीपरले सेवासुविधा पाउँनुपर्छ की पर्दैन ?’ आजपा अध्यक्ष साहले भने, ‘म फेरी भन्छु यो विधेयक करेक्सन गरियोस्, फिर्ता गरियोस् ।

यदी यसरी पारित भयो भने गरिब जनतालाई स्वीकार्य छैन्, प्रभु साहलाई स्वीकार्य छैन् । आम जनतालाई अत्याचार हुने संविधानको विरोधमा हुने । संविधानमा समान, समान्ता, अधिकारको कुरा गर्ने तर विधेयक ल्याउदा अत्याचार गरेर ल्याउँने विधेयक स्वीकार्य छैन् । तपाईहरुको अपराधले गरिबहरु पढन नपाउँने, लोक सेवा दिन नपाउँने, स्थायी हुन नपाउँने ।

कि भन्नुपर्यो ट्वाइलेटमा अब कसैले सफा गर्ने होईन, पियुनको काम कसैले गर्ने होईन । ड्राइभरको काम कसैले गर्ने होईन । यदी गर्ने हो भने त्यसको जिवन जिवन होईन । त्यो स्थायी हुनुपर्दैन । गरिबले बढी सेवा र सुरक्षा पाउँनुपर्ने हो । तर त्यसलाई रुवाउने यस्ता विधेयक हामीलाई स्वीकार्य छैन् ।’

उनले यस्तो अपराधिक कामको साक्षीकिनार आफू बन्न नसक्ने र बैठक बहिष्कार गर्ने बताउदै बैठक बहिष्कार गरेका थिए । र गरिबको भविष्य कत्लेया गर्ने विधेयक स्वीकार्य नभएको भन्दै सो विधेयक च्यातेर साहले बैठक बहिष्कार गरेका छन् ।