२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल



file photo
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ ।

आज पहिलो दिनको छलफलमा भाग लिने सत्तापक्षका प्रदेशसभा सदस्यहरुले दलालमार्फत योजना आउने प्रवृत्ति रोक्न नसक्नु चिन्ताको विषय भएकाले यस्तो प्रवृत्ति रोक्न विशेष पहल गर्नुपर्ने, योजनाहरुको प्राथमिकीकरणमा भएका कमीकमजोरी सच्याउनुपर्ने, नीति कार्यक्रमबमोजिम बजेट समावेशी र सन्तुलित ढङ्गको नभएको, नेताका योजना परे पनि जनताका योजना नपरेकाले सच्याउनुपर्ने माग गर्नुभयो ।

प्रतिपक्षी दलका सदस्यहरुले अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएको, वित्तीय हस्तान्तरण गर्दा कतिपय पालिकालाई विभेद गरिएकाले सच्याउनुपर्ने र बजेट विनियोजन गर्दा भएका अनियमित कामको छानबिनका लागि छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, रक्षा महरा, नेकपा (एमाले) का सन्तोषी शर्मा थापा, जानकी ऐर बम, दमनबहादुर भण्डारी र नागरिक उन्मुक्ति पार्टीका खुशिराम डगौराथारूले छलफलमा भाग लिनुभएको थियो ।

यसैगरी, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, गीतादेवी माल र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले छलफलमा भाग लिनुभएको थियो ।

यसअघि बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।  प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो । रासस