६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले विमला नेपाली (दाङ), दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौँ), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौँ)लाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस