६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्कमा झल्कियो आदिवासी जनजाति संस्कृति



अ+ अ-

न्यूयोर्क। नेपालका विभिन्न आदिवासी जनजातिहरुले अमेरिकाको न्यूयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन् ।

न्यूयोर्कको उडसाईडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले शुक्रबार आयोजना गरेको वृहत आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरुले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन् । डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र डोलक बजाउँदै नाँचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो ।

त्यस्तै कुमारी नाँच, शेर्पा नाँच सँगै मगर संस्कृति झल्कीने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागिहरु आआफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए ।

औपचारिक कार्यक्रम भन्दा फरक शैलीमा गरिएको सांस्कृतिक साँझमा देखाईएको प्रस्तुतिलाई नेपाली एवं अमेरिकी सहभागिहरुले निकै रुचीका साथ अवलोकन गरेका थिए ।

सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ न्यूयोर्कको सबैभन्दा ठूलो नेपाली संस्थाको रुपमा रहेको छ । जसले १८ वटा विभिन्न जातीय संस्थाहरुलाई आफ्नो छाता मुनी राखेको छ । ग्लोबल जनजाति महासंघको नाममा गठन भएको यो संस्था सन् २००७ मा नेपाल आदिवासी जनजाति महासंघ बनेको हो ।

महासंघले नेपालको कला, संस्कृति, भेषभुषा, परम्परा र भाषा संरक्षण, सम्बद्र्धन एवं पुस्तान्तरणमा महत्वपूर्ण योगदान दिदै आएको छ भने नेपालमा विभिन्न परिस्थितिमा सहयोग गरिरहेको छ ।

महासंघले गतवर्षदेखि वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ गर्न सुरु गरेको हो । कार्यक्रममा फिप्नामा आवद्ध सबै संस्थाहरुले छुट्टै पहिचानसहितको प्रस्तुति दिएका थिए ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालन भएको सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दिपक चौधरीले गर्नु भएको थियो । कार्यक्रममा न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । फिप्नालाई न्युयोर्क महानगर डिस्टीक ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्नीसन हस्तान्तरण गर्नु भएको थियो ।

फिप्नाका अध्यक्ष गुरुङले अमेरिकामा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने भन्दै दोश्रो पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने दावी गर्नु भयो । उहाँले भाषा, संस्कृतिको पुस्तान्तरण अहिलेको चुनौति भएकाले त्यसका लागि फिप्ना यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो ।

त्यस्तै महासचिव दिपक चौधरीले सम्पूर्ण संघसंस्थाहरुलाई अझै सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसको नेतृत्वका लागि फिप्ना सधै तयार रहेको बताउनु भयो । उहाँले कार्यक्रमलाई सभ्य र भब्य बनाउन साथ दिने स्थानीय संघसंस्था एवं फिप्नाका सदस्य संस्थाहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

फिप्नाका बरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत गरेको कार्यक्रमको समापनमा कलाकार एवं प्रायोजकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले अगष्ट ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवसको आयोजना गरिएको र यो दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गर्नुभयो ।