१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र चीनले गरेको विकासबाट लाभ लिनुपर्ने



file photo
अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले दुवै देशले गरेको विकासबाट अधिकभन्दा अधिक मुलुकले लाभ उठाउनुपर्ने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले लामो राजनीतिक सङ्क्रमणपछि मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त सफलताको आधार जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शन भएको बताउनुभयो । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि जबज आज पनि उत्तिकै सान्दर्भिक भएको उहाँको कथन थियो ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जनताको बहुदलीय जनवादले परिकल्पना गरेको नेपाली ‘मोडल’को समाजवाद भएको बताउनुभयो । उहाँले पार्टी जीवनको लोकतान्त्रिकीकरण जबजको एउटा अभिन्न अङ्ग हो भन्नुभयो ।

त्यस अवसरमा यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिएको  थियो । एक लाख राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको हो । रासस