७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका एलिना र समीक्षाको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने–साहसी छोरीहरु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रै केपी शर्मा ओलीले गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले गायिका एलिना र समीक्षाले आफ्नो सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियानको प्रशंसा गरेका हुन् ।

दुवै गायिकाको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्र्दै प्रधानमन्त्री ओलीले साहसी छोरीहरु भनेका हुन् ।

प्रधानमन्त्री ओलीले समीक्षा र एलिनाले आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो सञ्जालमा सार्वजनिक गर्ने तरिका सही लागेको बताए ।

उनले समाजमा बढ्दो गाली प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । आफू राम्रो देखिन अरूको दोष देखाएर गाली गर्ने, सधैं विरोध र सराप गर्ने परपीडक मानसिकता समाजका लागि खतरनाक भएको ओलीको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा भनेका छन्–

आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिनेु यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।