९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको छाङरूमा सिडिएमए मोबाइल शुरु



अ+ अ-

काठमाडाैंः नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको विकट छाङरूमा सिडिएमए मोबाइल सेवा शुरु गरेको छ । यो मोबाइल सेवा भिस्याट टर्मिनलबाट जोडिएको छ ।

यो टाबरबाट शसस्त्र प्रहरीको छाङ्रुमा नयाँ स्थापित बिओपी सहित कालापानी, गुन्जी, कुटी र टिन्कर क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुनेछ । भारतको धार्चुलाका भारतीयले पनि यस टाबरबाट सेवा प्राप्त गर्न सक्ने नेपाल टेलिकमले जनाएकाे छ ।

टाबर स्थापना र संचालनका लागि नेपाल टेलिकमका प्राविधिक कर्मचारीलाई गृह मन्त्रालयको हेलिकप्टरले ब्यास पु–याएको थियो । यस कार्यको संयोजन दार्चुलाका प्रमुख जिल्ला अधिकारीले गरेका थिए ।

यसअघि नेपाल टेलिकमको केन्द्रीय कार्यालयले ब्यासमा टाबर स्थापनाका लागि प्राविधिक र उपकरण लैजान गृह मत्रालय समक्ष अनुरोध गरेको थियो ।