१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

काठमाडौँका ४६ विद्यालयका विद्यार्थीद्वारा सिर्जित कला प्रदर्शनी 

काठमाडौँका ४६ विद्यालयका विद्यार्थीद्वारा सिर्जित कला प्रदर्शनी 
अ अ+ अ-

काठमडौँ। काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत विद्यार्थीबाट सिर्जित कलाकृतिको आजदेखि प्रदर्शनी सुरु भएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा र कलालाई सँगसँगै जोडेर लैजान जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हेर्दा सामान्यजस्तो लाग्छ तर समाजमा भोलि सृजनात्मक रूपले बौद्धिक र प्राज्ञिक क्षेत्रमा जानुका साथै विभिन्न व्यक्तित्व निर्माणका लागि पनि प्रारूपमा कला सृजना आधारभूत विषय हो ।”

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब एक हजार ३०० भन्दा बढी विद्यार्थीले सृजना गरेका चित्र तथा मूर्ति राखिएको जानकारी दिनुभयो । उहाँले सृर्जनशील समाजसँगै सृर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले भोलिका दिनमा नेपाल कस्तो हुन्छ भनेर चित्र÷मूर्तिमार्फत सङ्केत गरिएको धारणा राख्नुभयो ।

कार्यक्रम संयोजक एवं प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कलाकार बन्नु उपलब्धिमूलक भएकाले अन्य क्षेत्र जत्तिकै यस क्षेत्रमा प्रगति गर्न सकिने बताउनुभयो ।

यही असार १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मावि, श्रम राष्ट्रिय मावि, बाल व्यसायी केन्द्र मावि, शिवपुरी मावि, शान्ति विधागृह मावि, बाँसबारी मावि, महेन्द्र राष्ट्रिय मावि, धुम्रबराह मावि, टङ्गाल मावि, नन्दी मावि, पद्मोदय मावि, सहिदशुक्र मावि, पद्मकन्या माविका विद्यार्थीको सृजना समावेश छ ।

यस्तै विजय स्मारक मावि, भानु मावि, संस्कृत बौद्घ मावि, रत्नराज्य मावि, महेन्द्रबौद्ध मावि, नवजागृति मावि, जनकल्याण मावि, ज्ञानोदय मावि, जनप्रभात मावि, नील बाराही मावि, कुलेश्वर मावि, जन विकास मावि, जनपथ मावि, शान्ति निकुञ्ज मावि, नेपाल आदर्श मावि, बाल सेवा मावि, विश्व निकेतन मावि, गुहेश्वरी बाल शिक्षा मावि, सरस्वती निकेतन मावि, कन्या मन्दिर माविका विद्यार्थीको पनि सहभागिता छ ।

साथै शान्ति शिक्षा मन्दिर मावि, गीतामाता मावि, शारदा मावि, भिमसेनगोला मावि, शीतला मावि, सिद्धिगणेश मावि, तरुण मावि, जुद्धोदय मावि, नेपाल युवक मावि, जनजागृति ज्ञान रश्मि मावि, सिद्धेश्वर मावि, कोटेश्वर सरस्वती माविका विद्यार्थीले सृजना गरेका कलाकृतिहरू यहाँ राखिएका छन् ।

यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूले सृजना गर्नुभएका कलाकृति समावेश गरेर ‘एकता’ शीर्षकमा सोही कार्यक्रममा अर्काे कला प्रदर्शनी पनि सुरु भएको छ । आजको उद्घाटन कार्यक्रममा ४६ विद्यालयका विद्यार्थीको पनि सहभागिता थियो । रासस