२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

नदीजन्य विपद् कम गर्न निकालियो दुई हजार ट्रिप माटो

नदीजन्य विपद् कम गर्न निकालियो दुई हजार ट्रिप माटो
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विगतको वर्षमा जस्तै नदीजन्य विपद् नहोस् भनेर नदी सफा गरी दुई हजार ट्रिप माटो निकालेको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विगतको वर्षहरूमा जस्तै उपत्यकामा हुने गरेको नदीजन्य विपद्का घटनाहरू नहोस् भन्नका लागि नदी सफाइको काम गरेको हो ।

विभागका प्रमुख सरिता राईका अनुसार विष्णुमती, धोवीखोला, मनोहरा, टुकुचालगायत खोला सफा गरी माटो निकाल्ने काम भइसकेको छ । उक्त खोलाहरू सफा गर्ने क्रममा कामपाले दुई हजार ट्रिप माटो निकालेर चोभार र कीर्तिपुरमा व्यवस्थापन गरेको प्रमुख राईले जानकारी दिनुभयो ।

नदीमा माटो भरीनाले पनि धेरै जनधनको क्षेती गर्ने भएकाले कामपाले त्यसो नहोस् भनेर बैलैमा नदीमा भरीएको माटो निकाल्ने काम गरेको हो ।

माटोका कारण नदीको सतह भरीएका हुन्छन् जसका कारण बाढी आउँदा बाटो र बस्तीमा पसेर क्षती हुने गरेको छ त्यसो नहोस् भनेर नदी सफाइको काम गरिएको कामपाले जानकाएको छ  ।

प्रमुख राईले भन्नुभयो, “विगतको वर्षमा भन्दा यस वर्ष छिट्टै मनसुन भित्रिएको छ, नियमित जस्तो पानी परिरहेकै छ । जसका कारण नदीनन्य विपद् आउने सम्भावना अलि बढी नै छ । त्यसकै पूर्वतयारी स्वरूप कामपले सफाइको काम गरेको हो ।”

नदी सफाइको कामसँगै कामपाले पानीजन्य विपद् न्यूनीकरणका लागि कृतिम अभ्याससमेत गरेको छ । मनसुनजन्य विपद्बाट जनधनको क्षति कम गर्ने उद्देश्यले ‘विपद् कृत्रिम अभ्यास’ गरेको हो ।

मनसुनजन्य बाढीपहिरो तथा डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउन कामपाले पानीमा डुबेका व्यक्तिको खोजी र उद्धारका लागि कृत्रिम अभ्यास गरेको कामपाका नगर प्रहरी प्रमुख उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । गएको वर्ष मनसुनजन्य विपद्का कारण काठमाडौँमा नसोचेको जनधनको क्षति भएको थियो ।

यस वर्ष त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन प्रतिकार्यको अभ्यास गराइएको हो”, जोशीले भन्नुभयो, “उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमतालाई अभ्यासबाट निपूर्ण बनाउने, साधनस्रोत तथा उपकरणको प्रबन्ध गर्ने, प्रयोग विधि सिकाउनेलगायत क्रियाकलाप अभ्यास गरिएको हो ।”

विपद् व्यवस्थापन तालिममा विभिन्न किसिमका कार्य विपद् प्रतिकार्य क्षमता विकास तालिममा अग्नि निवारण, जीवन उद्धार, जल प्रकोप, खोजी तथा उद्धार, डोरीको माध्यमबाट गरिने उद्धार, विपद्मा हुने मृत शरीर व्यवस्थापनको सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यास लगायतको अभ्यास गराइएको छ । रासस