१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले आजदेखि उपत्यकाका १४ स्थानमा ऐक्यवद्धता डेस्क सञ्चालन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका मुख्य १४ ठाउँमा आजदेखि हस्ताक्षर अभियानका लागि ’ऐक्यबद्धता डेस्क’ सञ्चालन गर्ने भएको छ ।

बिहान १० बजे कलंकीबाट शीर्ष नेताहरूको उपस्थितिमा ऐक्यवबद्धता डेस्क शुभारम्भ हुने छ ।

सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको रास्वपाले ऐक्यवद्धता डेस्क सञ्चालन गर्न लागेको हो।

रास्वपा स्थापना दिवसको दिन बसेको केन्द्रीय समिति बैठकले सभापति रविमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय लिएको थियो । सोहीअनुसार पार्टीले माइतीघर मण्डलाबाट दिउँसो औपचारिक रूपमा अभियान सुरु गरेको हो ।