१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टियानो रोनाल्डो थप दुई वर्ष अल नासरमै रहने



अ+ अ-

काठमाडौं। विश्व फुटबलका महान् खेलाडीमध्ये एक, क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नासरसँग दुई वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।

अब उनी सन् २०२७ सम्म क्लबमा रहनेछन्। क्लबले रोनाल्डोसँगको सम्झौता नवीकरण गरेको औपचारिक घोषणा गर्दै उनलाई अझै दुई सिजनसम्म टोलीको हिस्सा बनाउने जानकारी दिएको छ।

चार दशक पार गरिसकेका ४० वर्षीय पोर्चुगिज सुपरस्टार रोनाल्डोले सन् २०२२ को डिसेम्बरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर रियाधस्थित अल-नासरमा आबद्ध भएका थिए। उनले क्लबमा आबद्ध भएपछि मैदानमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सम्झौता सकिने चर्चा भइरहँदा अल-नासरले उनलाई रोक्न सफल भएको छ।

सम्झौतापछि रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राम र एक्स (पूर्व ट्विटर) मा लेखेका छन् – ‘नयाँ अध्याय सुरु हुँदैछ – उही जोश, उही सपना। आउनुहोस्, सँगै इतिहास बनाऔँ।’

यस घोषणासँगै रोनाल्डोले अन्य क्लबको प्रस्ताव अस्वीकार गर्दै अल-नासरप्रतिको आफ्नो प्रतिबद्धता दर्शाएका छन्। यसअघि फिफा अध्यक्ष जियानी इनफान्टिनोले सन् २०२५ मा अमेरिकामा आयोजना हुने क्लब विश्वकपमा रोनाल्डो खेल्न सक्ने संकेत गरेका थिए। उनलाई केही युरोपेली र अमेरिकी क्लबले प्रस्तावसमेत गरेका थिए। तर रोनाल्डोले अल-नासरसँगको यात्रालाई निरन्तरता दिने निर्णय गरे।