१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकताः मन्त्री खड्का

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकताः मन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता भएको बताउनुभएको छ ।

चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित शङ्घाई सहयोग सङ्गठन (एससिओ) को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकको ‘उच्च–गुणस्तरीय ऊर्जा विकासका लागि नीति नवप्रवर्तन’सम्बन्धी सत्रमा आफ्नो धारणा राख्दै मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो रहेको औँल्याउनुभयो ।

ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय भएको उल्लेख गर्नुभएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

मन्त्री खड्काले नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, करिब ९९% जनतालाई विद्युतको पहुँचमा पु¥याएको र हाल ९५% भन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट गरिरहेको उल्लेख गर्नुभयो ।

भारतसँग १३२ केभी तथा सोभन्दा कम भोल्टेज स्तरका कयौँ प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको मन्त्री खड्काले बताउनुभयो । यस्तै, बङ्गलादेशसँग भारतमार्फत विद्युत् निर्यातको ऐतिहासिक सम्झौता सम्पन्न भएको र चीनसँग रसुवागढी÷चिलिमे–जिलोंग÷केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको उहाँले बताउनुभयो ।

ऊर्जा भविष्य सुरक्षित, समावेशी र हरित बनाउन दिर्घकालीन विद्युत् व्यापारलाई प्रोत्साहन गर्ने क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी र पारदर्शी मूल्य निर्धारण तथा हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास आवश्यक रहेको मन्त्री खड्काले बताउनुभयो ।

नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सोमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । यस्तै, सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ खाना पकाउने ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गर्नुभयो । रासस