१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लुको फेँदमा फुटबल प्रतियोगिता, उपाधि सामा मनास्लुलाई



अ+ अ-

गोरखा। मनास्लु हिमालको फेँदमा आयोजित सातौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि सामा मनास्लु फुटबल क्लवले जितेको छ ।

प्रोक फुटबल क्लबको आयोजनामा समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री-२ स्यालामा सम्पन्न प्रतियोगिताको आज भएको फाइनलमा ल्हो पेमा सम्भवा ‘ए’लाई १-० गोलअन्तरले हराउँदै सामा मनास्लुले उपाधि जितेको हो ।

बिजेता सामा मनासलु रु एक लाख ३० हजारसहित ट्रफी, पदक र प्रमाण प्राप्त गरेको नुब्री मनास्लु कपका उपाध्यक्ष लाक्पा दोर्जेले बताउनुभयो । उपबिजेता ल्हो पेमा सम्भवा ‘ए’ले रु ६५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो स्थानमा रहेको सफल सामा युथ फुटबल क्लवले रु ३५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको थियो ।

ल्हो पेमा सम्भवा ‘ए’का उर्गेन लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी हुनुभयो । प्रतियोगितामा छ गोल गर्नुभएका सामा मनासलु फुटबल क्लवका पेमा नोर्बु सर्वाधिक गोलकर्ता बन्नुभयो भने सोही क्लबका पासाङ नोर्कु लामा उत्कृष्ट गोलरक्षक बन्नुभयो । साथै ल्हो पेमा सम्भवा ‘बि’ फेयर टिम बन्दै रु छहजार पुरस्कार प्राप्त ग¥यो ।

महिलातर्फको उपाधि स्याला ‘ए’ले हात पा¥यो । आजै भएको फाइनलमा सामा गर्ल्स एफसीलाई ४-० को फराकिलो गोलअन्तरले हराउँदै स्याला ‘ए’ बिजेता बनेको हो । विजेताले रु १८ हजार र उपविजेताले रु १० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए । बिजेताहरुलाई प्रोक फुटबल क्लबका संस्थापक सोनाम दोर्जे रिम्पोछेले पुरस्कार वितरण गर्नुभयो ।

उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गर्नुभएको थियो । त्यसयता प्रत्येक वडाले आलोपालो प्रणालीमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगिताको आठौँ संस्करण बिही फुटबल क्लवले आयोजना गर्ने भएको छ ।रासस