५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२४ मा द्वन्द्वका कारण प्रभावित बालबालिको घटनाको रेकर्ड उच्चः राष्ट्रसङ्घ



Photo: UNICEF
अ+ अ-

न्यूजपोलार ए.आई.

  • २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको
  • प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना
  • बालबालिकाहरूलाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य छैन

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ । राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना भएको उल्लेख गरेको छ ।

राष्ट्रसङ्घका महासचिवका बालबालिका र सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधि भर्जिनिया गाम्बाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को छलफलका क्रममा युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको भयानक स्तरको हिंसाका बारेमा बैठकलाई उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “युद्ध र द्वन्द्वका पक्षहरू र हामी अन्तर्राष्ट्रिय समुदायले सबै बालबालिकाको हितका लागि शान्ति सम्झौता गर्नुको साटो हाम्रा छोराछोरीका लागि ठूलो मूल्य चुकाएर सैन्य माध्यमबाट हाम्रा विवादहरू सुल्झाउन चाहेको जस्तो देखिन्छ ।”

विश्वव्यापी रूपमा र विशेष गरी गाजामा बालबालिकामा के भइरहेको छ भनेर कुनै काम नगरी हामी हेरेर बस्न सक्दैनौँ । गाजाका बालबालिकाहरूले भोगेको विनाश र पीडाको परिणमले हरेक मानव मापदण्डको अवहेलना र उल्लङ्घन गर्दछ । बालबालिकाहरूलाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य छैन गाम्बाले स्पस्ट पार्नुभयो ।

संयुक्त राष्ट्र सङ्घका अधिकारीले निगरानी, प्रमाणिकरण र रिपोर्टिङमा उनीहरूले सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै यी उल्लङ्घनहरूलाई कम गर्न दिगो स्रोतहरू उपलब्ध गराउने महत्वलाई प्रकाश पार्नुभएको थियो ।