२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छः महानिर्देशक तिवारी



अ+ अ-

काठमाडौँ । पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताउनुभएको छ ।

ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै उहाँले केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताउनु भयो । उहाँले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकीकृत कृषि प्रणालीको महत्व बढेको छ । रासयनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महंगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरु र सरकारले गर्न खोजेको काम पनि त्यही छ ।’

उहाँले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्वपूर्ण क्षेत्र बनेको बताउनु भयो । कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताउनु भयो ।