२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

विविधता हाम्रो सम्पती हो, यसलाई गोलवद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे

विविधता हाम्रो सम्पती हो, यसलाई गोलवद्ध गर्नसके देशको हित हुन्छः पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विविधता राष्ट्रको पहिचान तथा शक्तिको स्रोत भएको स्पष्ट पार्नुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो । उहाँले प्रत्येक भाषा र समुदायले आफ्नै साहित्य, कला र दर्शन बोकेको उल्लेख गर्नुभयो । उहाँले विविधतालाई सशक्त रूपमा प्रवद्र्धन गर्न सकिएमा त्यसबाट देशकै हित हुने बताउनु भयो । मन्त्री पाण्डेले विविधतालाई सङ्गठित गर्दै गोलवद्ध गर्न सकेमा नेपालले आफ्नो मौलिक पहिचान सुरक्षित गर्न सक्ने र समावेशी राष्ट्र निर्माणमा थप बल पुग्ने धारणा राख्नुभयो । उहाँले विविधतालाई प्रवद्र्धन गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक भाषाले आफ्नै साहित्य बोकेको हुन्छ । आफ्नै दर्शन, आफ्नै कला बोकेका हुन्छ र प्रत्येक भाषामा एउटा एउटा शक्ति, एउटा एउटा पहिचान र विशेषता हुन्छ । समुदायको पनि त्यस्तै हुन्छ, जातीको पनि त्यस्तै हुन्छ । त्यो दृष्टिकोणले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विविधतापूर्ण नेपालमा विविधतालाई प्रवद्र्धन गर्न सकियो भने, विविधतालाई सङ्गठित गरेर गोलबद्ध गर्न सकियो भने यसबाट नै देशको विविधताको हित हुन्छ । हाम्रो आफ्नो पहिचानको हित हुन्छ भन्नेमा सरकार स्पष्ट छ । त्यसका निम्ति आगामी दिनमा थप प्रभावकारी कार्यक्रम बनाउँछौँ ।”  

उहाँले मातृभाषाहरूको विकास तथा भाषाहरूको संरक्षण र विकासको लागि संविधानको धारा २८७ मा भाषा आयोगको व्यवस्था गरिएको बताउनु भयो । उहाँले भाषा आयोगले नेपालमा रहेका भाषाहरूको खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासका कामहरू गरिरहेको जिकिर गर्नुभयो ।