१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी युवक पक्राउ



अ+ अ-

सुनसरी। सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम कमर्सियल बैंकका मेनेजर भएको परिचय दिँदै आएका थिए ।

उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको सो बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईँको नाममा राखिदिन्छु भनी झुठ्ठा प्रलोभन देखाउँदै रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

प्रवक्ता खतिवडाका अनुसार उक्त प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा जम्मा रु ६२ लाख ७५ हजार २०० पठाएका थिए । अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

लामो समयदेखि फरार रहेका मेहतालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मङ्गलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । प्रवक्ता खतिवडाका अनुसार पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौंँ पठाइएको छ ।