१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब
अ अ+ अ-

कालीकोट। कालीकोटका नौवटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

तीन नगरपालिका र छ गाउँपालिका रहेको कालीकोटका नौवटै स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ का लागि कूल रु तीन अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३२९ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

विगतमा आधाजसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेकामा सुधार गर्दै सबै स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् । यहाँका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले सोमबारसम्म गाउँ तथा नगरसभा सम्पन्न गरी सकेकामा थप पाँचले मङ्गलबार बजेट सार्वजनिक गरेको जिल्ला समन्वय समितिका प्रवक्ता अजय बमले जानकारी दिनुभयो ।

“यसअघि विभिन्न कारण सबै स्थानीय तहको बजेट असार १० सम्म नआउने समस्या थियो”, उहाँले भन्नुभयो, “यसपटक सबैले असार १० को ‘डेटलाइन मिट’ गरेका छन् ।”

जिल्लामै सबैभन्दा बढी रु ७० करोड १४ लाख नौ हजार ७१० को बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाले विद्यालय गाभ्ने, सबै बस्तीमा भरपर्दो सडक पुर्याउने, जैविक उत्पादनमा जोड दिने कार्यक्रम ल्याएको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

स्थानीय सरकारको जिम्मेवारी ‘मिसन रोजगारी’ भन्ने नाराका साथ यहाँको नरहरिनाथ गाउँपालिकाले रु ५१ करोड ८३ लाख ८० हजार ५०० को बजेट ल्याएको छ । पालिकाले पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

यही असार ६ गते गाउँसभा आयोजना गरेको पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनुभयो । उहाँका अनुसार पालिकाले रु ४३ करोड ८४ लाख ३९ हजार ३५२ को बजेट ल्याएको छ ।

त्यस्तै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले असार ८ गते नगरसभाको आयोजना गर्दै रु ४७ करोड २२ लाख ८२ हजार ५१० को बजेट सार्वजनिक गरेको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो ।

खाँडाचक्र नगरपालिकाको रु ५३ करोड ५५ लाख ५५ हजार ९२० बजेट प्रस्तुत गर्दै उपप्रमुख गणेशबहादुर शाहीले विगतका कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

त्यस्तै विपद् पीडितका लागि सहयोग गर्ने योजनासहित सान्नी त्रिवेणी गाउँपालिकाले रु ४१ करोड ९२ लाख ६२ हजार ४१ को बजेट ल्याएको उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताउनुभयो ।

पलाता गाउँपालिकाले रु ४८ करोड २३ लाख ३२ हजार ८४६ बजेट ल्याएको छ भने शुभकालिका गाउँपालिकाले रु ४६ करोड २० लाख ५० हजार ४०० र महाबै गाउँपालिका रु ३५ करोड ८७ लाख ४७ हजार ९६६ बजेट सार्वजनिक गरेका छन् । रासस