१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’

ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’
अ अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाले आन्तरिक रोजगारी र शैक्षिक अवसरको जानकारी दिन ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’ को सुरुआत गरेको छ ।

रोजगारदाता, उपयुक्त रोजगारी र अध्ययनको अवसरबारे जानकारी दिँदै समस्या समाधान गर्ने अभिप्रायले महानगरको रोजगार सेवा केन्द्रले ‘स्किल ल्याब’सँगको सहकार्यमा आजबाट डिजिटल करियर सर्भिस प्लेटफर्म सुरुआत गरेको हो ।

आन्तरिक रोजगार प्रवद्र्धन अभियान सञ्चालनका लागि डिजिटल करियर सर्भिस प्लेटफर्मको समुदघाटन कार्यक्रममा मन्तव्य राख्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरले सूचना प्रविधि क्षेत्रबाट नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नेतर्फ ध्यान दिएको बताउनुभयो ।

“हामी कर्मकाण्डी काम होइन, सूचना प्रविधिमैत्री, नागरिकमैत्री सेवा र जनहितकारी काम गरिरहेका छौँ, अहिलेको जमानामा सूचना प्रविधिको विषयमा नै प्रतिस्पर्धा छ, प्रतिस्पर्धामा सफल भएर काम गर्न सक्नुपर्छ, सूचना प्रविधि क्षेत्रमा आउने नयाँनयाँ नवप्रवर्तनमा आफूलाई अभ्यस्त राख्नुपर्छ, तसर्थ ललितपुर महानगरलाई सूचना प्रविधिको केन्द्र बनाउने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो ।

प्रमुख महर्जनले आज उद्घाटन गरेको डिजिटल प्लेटफर्मलाई समयसापेक्ष परिमार्जन गरेर लैजाने बताउनुभयो । उहाँले एउटै मानिसले १२ वटा तालिम लिने अनि उसले कुनै पनि काम नपाउने र काम खोज्न भौतारिने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अनलाइनमार्फत अवसरको खोजीका लागि नयाँ प्रयोगको भएको जनाउँदै सबै युवाका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले रोजगारदाताको आवश्यकताअनुसारको रोजगार खोज्ने व्यक्तित्व प्राप्त गर्न र आफ्नो चाहाना अनुसारको रोजगारी खोज्न सजिलो हुने भन्दै योग्यताबमोजिम रोजगारी चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले पाइयो भन्दैमा आफ्नो रुचि, योग्यता र क्षमताभन्दा फरक खालको काम र रोजगारीमा नलाग्न आग्रह गर्नुभयो । उहाँले हाम्रो देशमा सम्भावना छैन, मेरो घरमा केही छैन भन्ने सोचलाई चिर्दै अवसर र सम्भावनालाई उपयोग गर्न आग्रह गर्नुभयो ।
स्किल ल्याब एशियाका प्राविधिक व्यक्तित्व शिरिजङगहाङ राईले शिक्षादेखि रोजगारीसम्मको अवसरका लागि जानकारी दिनका साथै सहज बनाउन यो ‘प्लेटफर्म’ महत्वपूर्ण हुने बताउनुभयो ।

रोजगार सेवा केन्द्र प्रमुख लक्ष्मी कार्कीले ललितपुर महानगरले छ वर्षदेखि रोजगार सेवा केन्द्र स्थापना गरेर सेवा पु¥याउँदै आएको जानकारी गराउनुभयो । युवामा सीप, शैक्षिक योग्यता र सम्भावनाको अवसर हुँदाहुँदै पनि जानकारीको अभाव, सूचना पहुँचको कमी तथा रोजगारदातासँगको समन्वयको कमीले गर्दा यहाँका धेरै युवा अस्थायी तथा असुरक्षित रोजगारीमा संलग्न छन् । यिनै चुनौतीको समाधानस्वरूप ललितपुरका युवालाई आफ्नै सहरमा अवसर पाउन सहयोग गर्ने ‘डिजिटल क्यारियर सेवा प्लेटफर्म’ एक सशक्त माध्यम हो ।

यस प्लेटफर्मले ललितपुरका शैक्षिक संस्था, प्राविधिक तालिम केन्द्र, उद्योग÷व्यवसाय तथा रोजगारी खोजी गरिरहेका युवाबीच सिधा र स्मार्ट डिजिटल समन्वय गर्नेछ । यसले महानगरमा भएका साना, मझौला तथा ठूला व्यवसायलाई उपयुक्त जनशक्ति पाउन सहयोग गर्नेछ भने युवाले आफ्नो प्रोफाइल बनाउँदै आफूयोग्य रोजगारी खोज्न सक्नेछन् ।

महानगरको विविध समुदायका युवा महिला, सीपयुक्त श्रमिक, विपन्न वर्ग, अपाङ्गता भएका व्यक्ति र प्रवासबाट फर्किएकाहरू यस प्रणालीमार्फत सेवाबाट लाभान्वित हुनेछन् भन्ने विश्वास महानगरले लिएको रोजगार सेवा केन्द्र प्रमुख कार्कीले बताउनुभयो ।

उहाँका अनुसार यस प्लेटफर्मले डिजिटल पहुँच हुने र नहुनेबीचको खाडललाई कम गर्दै यो प्रणालीले समान अवसर तथा समावेशी रोजगार सेवा प्रवाह गर्न सहयोग गर्नेछ । यो कार्यक्रमले महानगरपालिकालाई स्मार्ट रोजगार सेवाको नमूना नगरको रूपमा विकास गर्न महत्वपूर्ण योगदान दिने र यसबाट युवाको भविष्य उज्ज्वल हुनुका साथै महानगरको समग्र विकासमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ र युवापलायन कम हुँदै स्थानीय जनशक्तिको सदुपयोग बढ्ने उहाँले बताउनुभयो । रासस