१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

राष्ट्रियता र देशभक्तिपूर्ण गीतसङ्गीत सन्सारभर गुञ्जिन थालेको छ-बद्रिप्रसाद पाण्डे

राष्ट्रियता र देशभक्तिपूर्ण गीतसङ्गीत सन्सारभर गुञ्जिन थालेको छ-बद्रिप्रसाद पाण्डे
अ अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली राष्ट्रियता र देशभक्तिपूर्ण गीतसङ्गीत अहिले सन्सारभर गुञ्जिन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

काठमाडौँमा आज नेपाल सङ्गीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा नेपालभित्र पनि विदेशी गीतहरुले उच्च स्थान पाइरहेकामा अहिले नेपालमा मात्रै होइन विश्वभर नै नेपाली गीत सङ्गीतले उच्च स्थान पाइरहेको बताउनुभयो ।

यसरी नेपाली गीत अरुले पनि सुन्नु भनेको यसको महत्व बढेको बताउँदै उहाँले अझै नेपाली कला संस्कृतिलाई माथि उठाउन गीत सङ्गीत तथा नाट्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भएको सम्मान समारोहमा बोल्दै सांस्कृतिमन्त्री पाण्डेले आज सम्मानित हुने अग्रज स्रष्टाबाट खारिएको उत्पादन आउने र आफ्ना नयाँ पुस्तालाई हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मानित हुनुभएका नौ स्रष्टाहरुले आज राष्ट्रिय परिचयपत्र र पहिचान प्राप्त गर्नुभएको उल्लेख गर्नुभयो ।

उक्त समारोहमा पाँच दशक बढी समयदेखि गीत सङ्गीतको क्षेत्रमा सक्रिय वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो । विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उक्त सम्मानको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि एवं २०३० सालमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले ४०० बढी गीत गाउनुभएको छ । वरिष्ठ गायक श्रेष्ठले सङ्गीतको क्षेत्रमा गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै यसपालि दीर्घ साधना सम्मान प्रदान गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले जानकारी दिनुभयो ।

उहाँले प्रतिष्ठानको अझै आफ्नो भवन बन्न नसकेकाले डिपिआर तयार भएको जानकारी दिँदै भवन निर्माणका लागि आवश्यक पहल लिन मन्त्री पाण्डेसँग आग्रह गर्नुभयो । सो क्रममा प्रतिष्ठानका उपकुलपति शम्भू राईले प्रतिष्ठानले स्रष्टाको योगादनको मूल्याङ्कन गर्दै यसपाली दीर्घ साधना सम्मानका साथै बाध्यबादन र खोज अनुसन्धान विधामा समेत सम्मान तथा पुरस्कारको थालनी गरिएको बताउनुभयो ।

उक्त समारोहमा विभिन्न विधामा आठजना अग्रज स्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पनि वितरण गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु एक लाख रहेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा प्रगतिले जानकारी दिनुभयो ।

उक्त पुरस्कार पाउनेमा रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, सङ्गीत विधामा वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी वेदकुमारी न्यौपाने, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधामा वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसङ्गीत विधामा वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा कुशेश्वर राई र वाद्यबादन विधामा वरिष्ठ वाद्ययबादक राजु अग्रवाल रहनुभएको छ । रासस