२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति सदस्य पाण्डे र केन्द्रिय सदस्य तिम्सिनाको निलम्वन फुकुवा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा गरेको छ ।

बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालय बैठकले पाण्डे र तिमल्सेना निलम्वन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्वन गरेको थियो ।

उपमहासचिव ज्ञवालीकाअनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ ।

महाधिवेशनको तयारीका लागि केन्द्रिय कमिटीको बैठक अगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो ।