२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी

प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो ।

उहाँले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्न राजनीतिक तहबाट वातावरण नबनेको उहाँको टिप्पणी छ । राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन दबाबमा रहेको कारण अपराध अनुसन्धान र शान्ति सुरक्षामा बाधा पुगेको सांसद गिरीको भनाइ छ । उहाँले प्रहरी संगठन सिमित स्रोत र साधनका बाबजुद पनि मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान दिइरहेको पनि बताउनु भयो । उहाँले अब बन्ने ऐनले राजनीतिक पहुँच बिना पनि प्रहरी अधिकृतहरूको सरुवा र बढुवा पारदर्शी ढंगले हुने प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी अहिले सिमित स्रोत र साधनका बाबजुद पनि मुलुकमा शान्ती सुरक्षा कायम गर्ने सवालमा, अपराध नियन्त्रण गर्ने सवालमा जति योगदान गरेको छ । त्यो निकै महत्वपूर्ण छ । दक्षिण एशियामै अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई अब्बल नै मान्ने गरिन्छ । यस अर्थमा हामी सन्तोष व्यक्त गर्नसक्छौँ । यद्यपि अहिले यो संगठनले जुन स्रोत र साधन तथा जनशक्तिको सिमाभित्र बसेर काम गरिरहेको छ यो निकै चुनौतीपूर्ण छ । प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने, शान्ती सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लागनका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपथ्र्यो त्यस्तो दिन सकेका छौँ जस्तो लाग्दैन । राजनीतिको प्रत्यक्ष प्रभावमा प्रहरी संगठन रहने, राजनीतिक देउपेचको कोपभाजनमा पहिले कोही पर्यो भने प्रहरीहरु पर्ने अवस्था छ । त्यसले वास्तवमा अपराध अनुसन्धानमा र शान्ती सुरक्षा कायम गर्ने सवालमा वाधा उत्पन्न गरेका अनुभवहरु छन् । अब बन्ने ऐनले प्रहरीले माथिल्लो तहमा बढुवा लागि राजनीतिक दलका नेताहरुको घरमा धाउनुपर्ने र आफ्नो ओहोदा र जिम्मेवारीका साथ महिनौँदेखि तयारीका साथ गुण्टा कसेर हिँड्नुपर्ने परिस्थितिको अन्त्य हुने गरी पारदर्शी तरिकाको सरुवा बढुवाको प्रबन्ध गर्न सक्नुपर्छ ।’

बन्दै गरेको ऐनले प्रहरी अधिकारीले बढुवा हुनको लागि नेताको घर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।