३० असार २०८२, सोमबार
,
Latest
मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने अनुदानमात्रै लिनुपर्छः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै लिनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै सरकारले लिनु उचित हुने बताउनुभएको हो । उहाँले नेपालले पैसामा लगानी गर्ने नभइ नीतिमा लगानी गर्ने गरेको बताउनु भयो । सरकारले लिएका बढी अनुदानहरु नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गर्नुभयो ।

आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको बताउनु भयो । राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उहाँको भनाइ छ । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु मात्रै स्वीकार गर्न आवश्यक रहेको बताउनु भयो ।

पूर्वअर्थमन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो लगानी पैसामा होइन, नीतिमा हुँदो रहेछ । नीतिगत हस्तक्षेपको रुपमा आउँदो रहेछ । हामी स्वतन्त्रै छैनौँ । हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ । के हो त्यो भनेअनुसार गर्नुपर्ने । हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई रक्षा गर्न केही निर्णय ग¥यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढंगले लगानी गर्नसक्ने फण्ड लिने हो हामीले । तर सबै कुरा बाँधिएका छन् । नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पु¥याउने कुराबाट मुक्त हुनुपर्छ । हाम्रो राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता हामीले स्वीकार गर्ने हो । नीतिगत रुपले भन्दा दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु हामीले लिने हो ।’

पूर्वअर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ति कुराहरु आवश्यक नरहेको बताउनु भयो । नेपालको लगानी जरामा नभइ पातमा भइरहेको जिकिर गर्नुभयो ।